लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार तीन मन्त्री थप्ने तयारी गरेका छन्।
एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्न लागेका हुन्।
मुख्यमन्त्री महराले आइतबार पद तथा गोपनीयताको सपथ लिएसँगै नयाँ मन्त्री थप्ने तयारी गरेका हुन्। उनीहरुलाई पनि आजै पद तथा गोपनियताको शपथ ग्रहण गराइनेछ।
एमाले, नागरिक उन्मुक्ति पार्टी, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थनमा माओवादीका महरा मुख्यमन्त्री बनेका हुन्। उनलाई ४८ सांसदले विश्वासको मत दिएका छन्।








































