- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काम गरेर भन्दा मागेर बढी कमाउने भएकाले ‘सडक मानव’ मुक्त महानगर बन्न सकेन : उपमेयर डंगोल

April 5, 2024
136
Shares
- ADVERTISEMENT -

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यवसायिक उद्देश्यले आउने गरेको बताएकी छन् ।

गृहमन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला गर्ने सन्दर्भमा सरोकारवालासँग आयोजना गरेको छलफलमा उपमेयर डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

डंगोलले भनिन्, ‘सडकमा माग्नेहरू दुःख परेर भन्दा पनि व्यवसायिक ढंगले आउने रहेछन् । काम गरेरभन्दा मागेर धेरै कमाइ हुन्छ भनेर उनीहरूले नै भनेका छन् । यसअघि पनि महानगरमा सडक मानवमुक्त अभियान सुरू भएको हो, तर सफल भएको छैन । तथ्य जाँच गर्दा उनीहरु व्यवसायिक ढंगले माग्ने र घर घडेरी जोड्ने गर्दा रहेछन् ।’

उपमेयर डंगोलले चौबिसै घण्टा बजार खुला गर्ने निर्णय ठीकै भए पनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताइन् । उनले न्यूरोड जस्तो ठाउँमा दिउँसै सुरक्षा दिन सकस भइरहेका बेला रातिको सुरक्षाबारे सोच्नुपर्ने बताइन् ।

- ADVERTISEMENT -

Advertisement

डंगोलले भनिन्, ‘ठमेलमा घरधनीहरु बस्छन् । न्यायिक समितिमा धेरै यस्ता उजुरी ठमेलबाट आएका छन् कि ध्वनी प्रदुषणले गर्दा डिप्रेसनमा गएँ, सुत्न नसकेर बिरामी भइयो, स्लिपिङ ट्याबलेट खानुपरेकोजस्ता उजुरी छन् । साउण्ड प्रुफलाई बाध्यकारी बनाइनुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com