Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:१४ दिउँसो
- ADVERTISEMENT -

पार्टीमा २० वर्ष अरूले आस नगरे हुन्छ : अध्यक्ष ओली

प्रकाशित मिति: २०८० चैत २३, शुक्रबार

524
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । 

‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ ।  २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’

उनले कांग्रेस–माओवादी गठबन्धन आफैँले तोडेको बताए । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् । ‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ,’ उनले भने, ‘गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ ।’

अघिल्लो गठबन्धन निकम्मा र भ्रष्ट भएको आरोप उनले लगाए । ‘दक्षिणपन्थी, निकम्मा, भ्रष्ट गठबन्धन देशका लागि दुर्भाग्य थियो । एमालेको सरकार ढालेपछि  देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो । हटायौँ’  ओलीले भने ।

उनले गण्डकी एमालेको किल्ला र कास्की किल्लाको राजधानी भएको दाबी गरे । ‘एमालेका लागि गण्डकी लाल किल्ला हो । कास्की लाल किल्लाको राजधानी हो । कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ,’ उनले भने ।

ओलीले अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै अप्ठ्यारा चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई सुझाए ।  कास्कीको आगामी २ वर्षको नेतृत्व वैनबहादुर अधिकारीले पाएका छन् ।

निकटतम प्रतिस्पर्धी माधव बास्तोलालाई हराएर उनको प्यानल नै निर्वाचित भएको छ । अधिकारी केन्द्रीय सदस्य खगराज अधिकारी निकट हुन् भने बास्तोला उपमहासचिव पृथ्वी सुब्बा निकटका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -