लागुऔषध इन्जेक्सनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी थाना हरपुर–२ बस्ने २६ वर्षीय राजकरण साह छन्।
वीरगञ्ज महानगरपालिका–१५ फूलबारी टोलस्थित सडकखण्डमा प्रहरीले बीआर ०५ एटी ७३२६ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक साहले तरकारीको बोराभित्र लुकाएर ल्याएको प्रतिबन्धित लागुऔषध नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी ६ सय पिस लागुऔषध इन्जेक्सन बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
पक्राउ परेका साहलाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।








































