Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:५० दिउँसो
- ADVERTISEMENT -

कांग्रेसलाई रास्वपाको प्रतिप्रश्न- आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिन तयार हो ?

प्रकाशित मिति: २०८० चैत २१, बुधबार

388
Shares

 सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्‌‌मा संयमित भएर विषयहरूको उठान गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेको छ ।

कांग्रेसले रास्वपाको ‘कोर टिम’ सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ । त्यसको प्रतिवादमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टी उपसभापतिसमेत रहेका रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले भने, “विषयहरू संयमित भएर उठान गरौँ । एउटा संसदीय समिति बनाउन आपत्तिको विषय होइन, हामीले कस्तो नजिर स्थापना गर्न लागेका छौँ भन्ने कुरा मुख्य हो ।”

उनले आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिन तयार हो ? भनेर कांग्रेस सांसदहरूलाई प्रश्नसमेत गरे । केही दिनयता संसद्‌‌मा सहकारीबारे महाकाव्य नै लेख्नेगरी विषयहरू उठाइरहेको भन्दै उनले लोकतन्त्रमा शालीन प्रतिवादको अपेक्षा हुने बताए ।

आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिने सर्वदलीय सहमति गरे पहिलो हस्ताक्षर आफूले गर्ने उल्लेख गर्दै उनले सोधे— तयार हो ?

अगाडि उनले भने, “आरोप लाग्नेबित्तिकै सबैल राजीनामा गरौँ, मन्त्रीले मात्रै होइन, सांसदले पनि राजीनामा गरौँ । आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति बनाउने सहमति गरौँ । यदि त्यसो हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो हस्ताक्षर गर्छ ।”

उनले पार्टी सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई रोष्ट्रममा उभिएर आफूमाथि लागेको आरोपबारे जवाफ दिने मौका दिन आग्रह गरे । जवाफ दिने समयसमेत नदिइ असहिष्णु नबन्न आग्रह गर्दै उनले भने, “आज गृहमन्त्रीजीले यतिधेरै आक्षेप ममाथि लागेको छ, संसद्‌‌मा जवाफ दिन्छु भन्दा किन निषेध गरिएको हो ? यो अनुदारवाद कहाँबाट आयो ?”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -