Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३४:४९ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको अल्टिमेट : अर्को संसद् बैठकमा सरकारले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति लिएर आओस्

प्रकाशित मिति: २०८० चैत २१, बुधबार

221
Shares

नेपाली कांग्रेसले संसद्को अर्को बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति लिएर आउन अल्टिमेटम दिएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सत्ताको खेलमा लागेर कसैलाई प्रधानमन्त्रीको अफर गरेको भ्रममा नपर्न समेत आग्रह गरे । 

शर्माले भने–‘अब आजको बैठक पछाडि आउँदै गर्दा सरकारलाई अपिल छ, आउँदो बैठकमा संसदीय छानबिन समिति लिएर आओस्, हामी त्यो कुराभन्दा न दायाँ न बायाँ हामी उभिने वाला छैनौँ । कसैलाई भ्रम नपरोस् ।’

उनले अगाडि भने–‘यहाँ कतिपय साथीलाई भ्रम परेको छ, कांग्रेसले यो मुद्दालाई उठाएर टुङ्याउँदैछ । सत्ताको सहकार्यको खेलमा नयाँ खालको चाल गर्दै छ । कुनै चालको कुरा छैन, प्रधानमन्त्री पद कहीँ प्रस्ताव गरेको भनिएको छ भने त्यो पनि लिएर आए हुन्छ । कांग्रेसको महामन्त्री भएको नाताले मैले यहाँ उभिएर भन्दै गर्दा सरकारबाट बाहिरिइसकेपछि हाम्रो संस्थागत निर्णय प्रतिपक्षमा बस्ने भन्ने हो, कहीँ कतैबाट टेलिफोन आएको छ भन्ने भ्रम छ भने त्यसलाई खारेज गरिएको घोषणा यहीँबाट गर्न चाहन्छु ।’

उनले पार्टी सभापति, पदाधिकारी बैठकले निर्णय गरेर कसैलाई प्रधानमन्त्री पद किस्तीमा राखिएको छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । उनले कटाक्ष गर्दै भने–‘नाइँ मलाई त्यही गृहमन्त्री पद चाहिन्छ भनेको मित्रले प्रधानमन्त्री पद प्रस्ताव गर्दा किन खानुभएन होला ?’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -