Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४६:४३ दिउँसो
- ADVERTISEMENT -

संसद्‍मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ : लामिछाने

प्रकाशित मिति: २०८० चैत २०, मंगलबार

307
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार लामिछानेले संसद्‍मा आफ्ना सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका हुन् । ‘सदनमा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्ष कांग्रेसले लामिछाने सहकारी रकम दुरुपयोगमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । गृहमन्त्री लामिछानेले रोस्ट्रममा बोल्न गए संसद् अवरोध गर्ने रणनीति कांग्रेसले लिएको छ । लामिछानेले भने आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‍मा दिन पाउनुपर्ने बताएका हुन् ।

त्यस्तै, सञ्चारमाध्यममा प्रश्न आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि लामिछानेको भनाइ छ । पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारीको बचत हिनामिनामा मुछिएको सम्बन्धमा सोधिएको प्रश्नमा लामिछानेले आत्तिन आवश्यक नरहेको बताएका हुन् ।

‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा ? भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो,’ लामिछानेले भने, ‘एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।’

सहकारी प्रकरणमा आफ्नो र पार्टीका नेताहरूको विषयमा आएका विषय हल्ला र अप्रमाणित भएको लामिछानेको दाबी थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -