Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:२१ दिउँसो
- ADVERTISEMENT -

विश्वासको मत र राजीनामाबारे सुदूरपश्चिमका मुख्यमन्त्री अनिर्णित

प्रकाशित मिति: २०८० चैत २०, मंगलबार

317
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन नसकेपछि सुझाव लिन काठमाडौं पुगेका छन् ।

नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा माओवादी केन्द्रले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार शाहले माओवादीले समर्थन फिर्ता लिएको ३० दिन अथात् २२ चैतभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १८ को खण्ड १४३ उपनियम २ ले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने सूचना दुई दिन अगावै प्रदेश सभाका सचिवलाई दिनुपर्ने व्यवस्था गरेको छ ।

अर्थात् मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिन मंगलबार साँझसम्म अनिवार्य रुपमा प्रस्ताव दर्ता गराइसक्नुपर्नेछ तर मुख्यमन्त्रीले अहिलेसम्म प्रदेश सभा सचिवालयलाई विश्वासको मतबारे कुनै जानकारी दिएका छैनन् । बरु उनी आगामी कदमबारे अन्तिम निर्णय लिन सोमबार साँझ भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासहित संघीय राजधानी काठमाडौं प्रस्थान गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग छलफल गर्न काठमाडौं पुगेका हुन् । कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई धनगढी बाहिर नजान निर्देशन दिएर काठमाडौं हिंडेका शाहले विश्वासको मत पाउने अवस्था नभए पदबाट राजीनामा गर्ने स्रोतको भनाइ छ ।

शाहले आफ्नो पक्षमा बहुमत पु¥याउनसात जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीका पाँच जनालाई मन्त्री बनाइसकेका छन् । कांग्रेस १८, नाउपाका ७, राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थन लिएर आफ्नो पक्षमा बहुमत २७ सांसद पुर्‍याउने शाहको रणनीति हो तर नागरिक उन्मुक्ति पार्टीमा सत्ता सहकार्यको विषयलाई लिएर विवाद चर्किएपछि भने मुख्यमन्त्री समस्यामा परेका छन् ।

सोही कारण उनी विश्वासको मत नपाउने अवस्थामा राजीनामा दिएर संवैधानिक संकट टार्ने पक्षमा रहेको सांसद बताउँछन् । ‘नाउपाभित्रको विवाद साम्य भयो भने राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बिहीबार विश्वासको मत लिने मुख्यमन्त्री ज्यूको तयारी हो,’ ती सांसदले अनलाइनखबरसँग भने, ‘त्यो सम्भावना नभए मुख्यमन्त्री ज्यूले राजीनामा गर्नुको विकल्प छैन । प्रदेशमा थप संवैधानिक संकट आउन नदिन राजीनामा उपयुक्त विकल्प हो ।’

शाह २६ माघ २०७९ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शाहले प्रदेश सभामा विश्वासको मत फेस गरेको अवस्थामा नपाएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्न सक्छन् ।

अहिलेकै जस्तो अवस्थामा उक्त धाराअनुसार पनि सरकार गठन हुन नसकेमा प्रदेश मध्यावधितिर जान सम्भावना हुने भएकाले पनि मुख्यमन्त्री शाह त्यसप्रती सचेत छन् ।

शाहले पदबाट राजीनामा गरेको अवस्थामा भने प्रदेश प्रमुखले एकपटक संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न सक्ने कानुनका जानकारहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -