Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:१६ दिउँसो
- ADVERTISEMENT -

गठबन्धनमा नयाँ सहमति : सुदूरपश्चिम र वाग्मतीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने

प्रकाशित मिति: २०८० चैत १९, सोमबार

308
Shares

सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् । वाग्मती प्रदेशमा पनि आलोपालाको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने भएका छन् । हाल वाग्मतीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिम र वाग्मतीको नेतृत्व दिने सहमति भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘सुदूरपश्चिममा तत्काल र वाग्मतीमा दोस्रो चरणमा हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ,’ उनले भने ।[

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १८, माओवादी, ११, एमाले १०, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र १, १ सांसद छन् ।

यसअघि सत्ता गठबन्धनले सुदूरमा उन्मुक्तिलाई मुख्यमन्त्री दिने तयारी गरेको थियो । उन्मुक्तिमा चरम विवाद भएका कारण बहुमत पुर्‍याउने दाबीसहित एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय भएको एक नेताले बताए । गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुर्‍याउने कसरत भएको छ । हाल कांग्रेसका कलमबहादुर शाहले सुदूरपश्चिम सरकारको नेतृत्व गरेका छन् ।

त्यस्तै वाग्मतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सोमबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीलाई मुख्यमन्त्री र हाम्रो नेपाली पार्टी(हानेपा)लाई मन्त्री दिएर बहुमत पुर्‍याउने कसरत छ । हानेपाबाट शैलेन्द्र बज्राचार्य मन्त्री बनिसकेका छन् ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा सरकारका लागि बहमुत पुर्‍याउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । राप्रपा र नेमकिपा सरकारमा सहभागी नहुने प्रस्ट पारिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -