- ADVERTISEMENT -

महरालाई दयामायाले होइन हाजिरी जमानीमा छाडेको हो: गृहमन्त्री लामिछाने

March 27, 2024
129
Shares
फाइल तस्विर
- ADVERTISEMENT -

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा राखेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार बोल्दै उनले महरालाई दयामायाले नछाडेको बताए।

- ADVERTISEMENT -

Advertisement

माओवादी उपाध्यक्ष महरालाई दयामायालेभन्दा पनि हाजिरी जमानीमा छाडिएको उनले बताए। ‘हाजिरी जमानीमा राखिएको हो, छोड्नुपर्ने कसैलाई छैन,’ उनले भने।

उनले सबै कालखण्डमा भएका अनियमितताको छानबिन हुने बताए।

- ADVERTISEMENT -

Advertisement

‘अहिले व्यवस्था, संविधान, राष्ट्र, जनता जोगाउने बेला हो, कुनै पार्टी, कुनै पार्टीका अमुक भएका हुनाले, अनुसन्धानमा देखिएको कठिनाइलाई पनि हामी नजरअन्दाज गर्न सकिँदैनौं। त्यो कठिनाइका कारणले केही डिले अवश्य भएको छ होला, हाम्रो नियत यसलाई समाधान गरेर लैजाने कुरामा अडिग छ। लागिरहनेछौं,’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -