Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:४० दिउँसो
- ADVERTISEMENT -

उत्तरी क्षेत्रबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका

प्रकाशित मिति: २०८० चैत ७, बुधबार

203
Shares

चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले उद्धारका लागि प्रयोग हुने हेलिकोप्टरबाट समेत सुन तस्करी हुने गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो । त्यसबारे आफूहरुलाई सुराकहरु प्राप्त भए पनि दिन र समय नै तोकेर भने विवरण प्राप्त नभएको आयोगका एक सदस्यले बताए ।

आयोगले केही विषयमा विस्तृत छानबिन गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेको उनले बताए । आयोगले प्रतिवेदनमा हेलिकोप्टरमार्फत समेत सुन तस्करी भएको सूचना प्राप्त भएको बताउँदै यसको नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने भनिएको छ ।

‘विरामीलाई उद्धार गरेर आएको हेलिकोप्टरलाई समेत निगरानीमा राख्नुपर्ने सुझाव दिएका छौं, सुत्केरी लिन गएको हेलिकोप्टरमा समेत सुन आएको सूचना पाएका थियौं’, उनले थपे, ‘यसका लागि निश्चित ठाउँमा मात्र उद्धार हेलिकोप्टर अवतरण गराउनुपर्ने र त्यहाँ सीसी टीभी राख्नुपर्ने भनेका छौं ।’

हेलिकोप्टर सेवा प्रदायकले पनि नागरिक उड्डयन प्राधिकरणसँग विवरण टिपाएर मात्र परिचालित हुनुपर्ने भनिएको छ । आयोगले हेलिकोप्टर सेवाको विवरण समेत मगाएर अध्ययन गरेको स्रोतको भनाइ छ ।

आयोगमा छलफलका लागि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएका बेला समेत यो विषयमा सोधिएको ती सदस्यले बताए ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले भने प्रतिवेदनमा भएका विषयवस्तुबारे विस्तृतमा बताउन चाहेनन् । ‘थप अनुसन्धान हुनुपर्ने विषय भएकाले यो सरकारको कुरा भयो, हामीले समग्रमा कसरी तस्करी नियन्त्रण गर्ने भन्नेबारे सुझाव पनि दिएका छौं’, उनले भने, ‘वस्तुगत तथ्य देखिएका आधारमा प्रतिवेदन तयार गरेर बुझाएका छौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -