सरकारले जुनसुकै कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गरी दाेषीलाई कारबाही गर्ने घोषणा गरेको छ ।
न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै सत्ता गठबन्धनले भ्रष्टाचारीमाथि कानुनी कारबाही गरी भ्रष्टाचारी एक दिन कारबाहीको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने घाेषणा गरेकाे हाे ।
‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयसँग सम्बन्धित विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी माथि कानुनी कारबाही गरी भ्रष्टाचारी एक दिन कारबाहीको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने’ सरकारकाे साझा संकल्पमा भनिएको छ ।








































