तालिबान सरकारले महिलालाई खराब व्यवहार गरेको भन्दै अष्ट्रेलियाले अफगानिस्तानसँगको प्रस्तावित टी-२० क्रिकेट सिरिज रद्द गरेको छ।
यो तीन खेलको टी-२० सिरिज अगस्टमा अष्ट्रेलियामा हुने तयारी थियो ।
सरकारसँगको वार्तापछि यो निर्णय गरेको क्रिकेट अष्ट्रेलियाले उल्लेख गरेको छ । साथै, भविष्यमा अफगानिस्तानसँग मिलेर काम गर्ने आशा व्यक्त गरेको छ ।
‘क्रिकेट अष्ट्रेलियाले विश्वभरको क्रिकेटमा महिलाको निरन्तर सहभागिताको लागि आफ्नो प्रतिबद्धता जारी राख्नेछ । र, भविष्यमा द्विपक्षीय खेल पुन: सुरु गर्न आईसीसी र अफगानिस्तान क्रिकेट बोर्डसँग मिलेर काम गर्नेर्छौँ।’ क्रिकेट अष्ट्रेलियाले भनेको छ ।








































