पूर्व उपराष्ट्रपति जीवनकुमार गुरूङ धरौटीमा रिहा भएका छन्।
१४ किलो सुन तस्करी अभियोगमा पक्राउ परेका गुरुङलाई आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधशी माधवप्रसाद अधिकारीको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आदेशपछि गुरुङले आइतबार नै १५ लाख नगद धरौटी बुझाएर रिहा भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलको शरीरबाट १४ किलो सुन बरामद गरेको थियो।
उक्त सुन तस्करीमा गुरुङको संलग्नता रहेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पक्राउ गर्न सिआइवीलाई पत्रचार गरेको थियो। भन्सार कार्यालयको आग्रह अनुसार गुरुङलाई सिआइवीले फागुन १४ गते पक्राउ गरेर अदालतमा पेश गरेको थियो।








































