- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

 शाहीले मागे गृहमन्त्री लामिछानेको राजीनामा 

March 18, 2024
238
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेसका सांसद दिक्पाल शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘गृहमन्त्रीज्यूले नियमविपरीत सहकारीबाट रकम लिएको भनेर प्रहरीमा उजुरी परेको छ । तर,  सहकारी ठगीको अनुसन्धान गर्ने तालुक मन्त्रालय आफैँले सम्हालेको आरोप छ । पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा दिएर सहयोग गर्नुपर्छ,’ उनले भने । 

सांसद शाहीले कांग्रेसलाई पढाउँदा दोहोरो नागरिकता र पासपोर्टबारे नपढाउन गृहमन्त्री लामिछानेलाई आग्रह गरे । ‘दोहोरो नागरिकता र पासपोर्ट,  सहकारी ठग्न, सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला । माओवादी सुन पार्टी बन्दै छरे । अर्थमन्त्री वर्षमान पुन सुन तस्करीसँग जोडिनुभाको छरे,’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

सांसद शाहीले सुन तस्करी र सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनलाई जवाफ दिनुपर्ने बताए

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com