Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५९:५७ दिउँसो
- ADVERTISEMENT -

बाहिर निषेधित क्षेत्र, भित्र माननीयको ‘अश्लील’ आक्रोश

प्रकाशित मिति: २०८० वैशाख २६, मंगलबार

219
Shares

काठमाडौं ।
प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा भीडभाड गर्नसमेत निषेध छ । चारैतर्फ निषेधित क्षेत्रको बीचमा रहेको प्रतिनिधिसभा भवनभित्रै सोमबार प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले विरोधका नाममा अश्लील आक्रोश पोखे ।

उनले सभामुख देवराज घिमिरेले संसद् बैठकमा भ्रष्टाचारका विषय बोल्न खोज्दा समय नदिएको भन्दै कम्मरमाथि लगाएको सर्ट र सेन्डो खोल्दै विरोध गरेका हुन् । उनको विरोधको शैलीलाई ‘अश्लील आक्रोश’ भन्दै सर्वत्र आलोचना भइरहेको छ भने सिंह विवादमा तानिएका छन् । सिंह स्वतन्त्र सांसद हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा संसद् बैठकको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमबारे उल्लेख छ । सो नियमको ‘धज्जी उडाउँदै जनताबाट निर्वाचित सांसदले संसद् भवनभित्रै बैठक चलिरहँदा कम्मरमाथिको कपडा खोलेको’ आरोप छ ।

सिंहले शरीरमा लगाएको कपडा खोल्दै अघि बढेपछि सभामुख घिमिरेले सांसद सिंहलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गराएका थिए । नियम २१ को खण्ड ‘घ’मा ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्ने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्ने र असंसदीय शब्द प्रयोग गर्न नहुने’ उल्लेख छ । सिंहले बोल्न नपाएको आक्रोशमा धमाधम कपडा खोल्दै गएपछि सभामुख घिमिरेले सिंहलाई अश्लील व्यवहार प्रदर्शन नगर्न चेतावनी दिएका थिए ।

सिंहलाई सभामुखले संसद्को नियमअनुसार शिष्ट ढंगबाट आफ्नो कुरा राख्नेतर्फ विधिको पालना गर्न पटकपटक आग्रह गरेका थिए । सभामुख घिमिरेको चेतावनीपछि सिंहले आफूले खोलेको कपडा पुनः लगाएका थिए । नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् । सभामुखको सो चेतावनीलाई पालना गर्दै सिंहले आफूले खोलेको कपडा लगाउन सुरु गरेका थिए ।
राजधानी दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -