वीरगञ्ज– बारा-२ मा जारी उपनिर्वाचनमा तीनजना मुख्य उम्मेदवारहरूले मतदान गर्न नपाउने भएका छन्।
मुख्य प्रतिस्पर्धामा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रमेश खरेल र नेकपा एमालेका उम्मेदवार पुरुषाेत्तम पौडेलले आइतबार जारी मतदानमा मत हाल्न पाउने छैनन्।

यी तीनैजना उमेदवारहरूको नाम बारा-२ को मतदाता नामावलीमा छैन।
यादव मोरङ, खरेल काठमाडौँ र पौडेल निजगढ नगरपालिकाका मतदाता हुन्।
यी तीनै जना र जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहाबीच नै बारा- २ मा मुख्य प्रतिस्पर्धा छ।
कुशवाहाले भने मतदान गरेका छन्। उनी यसै क्षेत्रका हुन्।








































