Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:३७ दिउँसो
- ADVERTISEMENT -

रविमाथि प्रचण्डको गम्भिर आरोप

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

211
Shares

काठमाडौँ । राष्ट्रिय परिचयपत्र सम्बन्धिको ठेक्का प्रक्रियामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि एकपछि अर्को गर्दै विभिन्न व्यक्तिहरुले गम्भीर टिप्पणी गर्दै आएका छन् । यो क्रम शिलशिलेबर चलिरहँदा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’देखि अन्य नेताहरुले समेत आलोचनात्मक टिप्पणी गरे ।

उनीहरुले रविले गरेको राष्ट्रिय परिचयपत्रको ठेक्का प्रक्रियामा प्रश्न उठाउँदै उनको छविमाथि शंकाको घेरा बनाए । राष्ट्रिय परिचयपत्रको विवरणबारे तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लगाएको ठेक्काको विषय यतिबेला सर्वाधिक चर्चामा देखिन्छ । रवि आफैले यो विषयमा आफू कतै संलग्न नरहेको र प्रक्रियागत ढंगले आएको फाइलमा हस्ताक्षर गरेको भन्दै बदनियत नरहेको दाबी गरिरहेका छन् । तर, यस्तो ठेक्का प्रक्रियामा आर्थिक चलखेलको आशंका गर्दै रविविरुद्ध गम्भीर टिप्पणी हुन थालेका छन् । बुधबार उपचुनावी सभामा सहभागि हुन तनहुँ पुगेका प्रधानमन्त्री ’प्रचण्ड’ले रविको नाम नलिई राष्ट्रिय परिचयपत्रसम्बन्धि ठेक्कामा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको बताए ।

उनले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको समेत बताए । मन्त्रिपरिषद्को निर्णयबाटै ठेक्का प्रक्रिया खारेज गरेपछि यो विषय थप पेचिलो बन्न पुगेको छ । यो विषयमा अख्तियारले छानविन समेत गरिरहेको बताइन्छ । यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेका आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए ।

राष्ट्रिय परिचयपत्रको ठेक्का प्रक्रियामाथि प्रश्न मात्रै उठाइएको छैन् । यसमा भ्रष्टाचार नै भएको भन्दै प्रधानमन्त्री आफैले बोलेपछि भने विषय गम्भीर बन्न पुगेको छ । एक हप्तामै ठेक्का प्रक्रियामा पुगेको राष्ट्रिय परिचयपत्रको विषय एकपछि अर्को गर्दै रहस्यमय त बन्दैन ? प्रश्न उठ्न थालेको छ । यद्यपि रविले आफू यो विषयमा नियतबस कुनैपनि काममा संलग्न नभएको दाबी गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -