Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:५३ दिउँसो
- ADVERTISEMENT -

वैवाहिक जीवनमा बाँधिदै पूजा

प्रकाशित मिति: २०८० वैशाख ४, सोमबार

323
Shares

काठमाडौं।
चर्चित नेपाली नायिकाको लिस्ट हेर्ने हो भने नायिका पूजा शर्माको नाम पनि आउने गर्छ। उदार मन भएकी पूजालाई रुचाउने दर्शकको संख्या अधिक छ। आफुलाई माया गर्ने लाखौं शुभचिन्तकको लागि हालैमात्र पूजाले एउटा खुशीको खबर सार्वजनिक गरेकी छिन्।

उक्त खुशीको कुरा के हो भने यो वर्ष पूजा वैवाहिक जीवनमा बाँधिदै छिन्। कुनै फिल्म वा म्युजिक भिडियोमा नभएर पूजा वास्तविक जीवनमा नै वैवाहिक बन्धनमा बाँधिदै छिन्। विवाह गर्ने खबर बाहिरिएपछि पूजाका फ्यानहरुमाझ यतिबेला खुशी छाएको छ। नयाँ बर्षको अवसरमा काठमाडौंको ”काठमाडौं मल”मा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाह गर्न लागेको कुरा बताएकी हुन्। केही वर्षयता प्रेममा रहेकी पूजाले प्रेमी युद्ध बानियाँसँग लगन गाँठो कस्न लागेको बताइन्।

यो वर्ष मुख्यतया जिन्दगीको महत्वपूर्ण निर्णय लिन लागेको र यो वर्ष नै विवाह गर्ने तयारी रहेको पूजाले क्यालेन्डर सार्वजनिक कार्यक्रममा बताएकी थिइन्।विवाहको तयारीमा आफू जुटिसकेकी उनले बताइन् । तर कुन दिन, कुन मितिमा विवाह गर्दैछिन् भनेर चाहिँ पूजाले खुलाएकी छैनन्। यो वर्षसँगै अब हरेक कुरामा आफ्नो धारणा, अभिव्यक्ति राख्दा होस् या कुनै कुरा बोल्दा आफूले निकै सोचेर मात्रै बोल्ने पनि पूजाले प्रतिबद्धता जनाएकी छिन्। आफुले स्पष्ट रुपमा बोलेको कुरा पनि विवादमा आउने गरेको भन्दै अबदेखि चाहिँ एकदम सोच बिचार गरेर हरेक कुरा गर्ने उनको योजना रहेको छ।

विवाहसँगै यो वर्षनै नयाँ रेष्टुरेन्ट खोल्ने तयारी पनि पूजाले गरेकी छिन्। कलाकारिता बाहेक आफुलाई अन्य कुरामा पनि सक्रिय बनाउनको लागि प्रेमी युद्ध बानियाँसँग मिलेर ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्न लागेको पूजाले बताइन्। यही महिनाको अन्तिममा रेष्टुरेन्ट तथा होटल उद्घाटन गर्ने पूजाको तयारी छ। पूजा पछिल्लो समयकी निकै महंगी नायिका पनि हुन्। बेलाबेला विवादमा आइराख्छिन उनी। अभिनेता पल शाह जेल गएको बेला त पूजा झन् विवादमा तानिएकी थिइन्। एकताका पलसँग पनि पूजाको खुब जोडी जमेको थियो। जेलमा रहेको बेला पलको सपोर्टमा सधैजसो मिडियामा देखा परिराख्ने पूजाले पल जेलबाट रिहा भएपछि भने एकपटक पनि पललाई भेटेकी छैनन् ।

बजारमा आएको गसिपका अनुसार पलले भाउ नदिएपछि पूजाले पललाई भेट्न नचाहेको बुझिएको छ। तर यो कुराको खण्डन गर्दै पलको लागि आफू दुखको साथी रहेको पूजा बताउँछिन्। सुखमा त जसले पनि साथ दिने तर दुखमा नदिने भएकोले आफू पलको दुखको साथी भएको पूजाको जिकिर छ। पल जेल बाहिर आउने बित्तिकै पललाई लिएर नयाँ फिल्म निर्माण गर्ने योजना बनाएकी पूजा पछिल्लो समय यो विषयमा मौन छिन्। पूजा एक नायिका मात्र नभएर निर्माता पनि हुन्। म यस्तो गीत गाउछु, राम कहानी, म यस्तो गीत गाउछु २ लगायतका हिट फिल्म पूजाले निर्माण गरिसकेकी छिन्। ‘प्रेम गीत’मा नायक प्रदीप खड्कासँग जोडी बाँधेकी पूजा यो फिल्मपछि एकदम लोकप्रिय बनिन्।

‘म यस्तो गीत गाउछु २’ पछि पूजाले कुन फिल्म निर्माण गर्दैछिन भन्ने कौतुहलता सबैमाझ छ। जे होस् आफुले निर्माण नगरेपनि अरुको निर्माणमा बनेका फिल्ममा भने पूजाले काम गरिरहेकी छिन्। त्यसो त, पूजाले विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी हुन्छिन्। पूजा अभिनित ‘रुपै करौती’ त युट्युबको करोड क्लबमा समेत प्रवेश गरिसकेको छ। दर्जनौं म्युजिक भिडियो लोकप्रिय छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -