Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:४७ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री प्रचण्डको १०० दिन: जनसरोकारका काम अलपत्र, मन्त्रीपरिषद् अझै अपूर्ण

प्रकाशित मिति: २०७९ चैत २०, सोमबार

311
Shares

काठमाडौं, चैत २०–

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १०० दिन (मधुमास) समय पूरा भएको छ। गत पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित विभिन्न दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको विभिन्न राजनीतिक उल्झनबीच १०० दिन पूरा भएको हो।

प्रधानमन्त्री नियुक्त भएपछि पुस २६ गते संसदबाट राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबैको विश्वासको मत प्राप्त गरेका प्रचण्डले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसँगै गठबन्धन परिवर्तन गरेपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका छन्।

दोस्रो पटक विश्वासको मत लिँदा भने प्रचण्डले एमाले र राप्रपासहितको समर्थन गुमाउन पुगे। कांग्रेससँग गठबन्धन गरेर मंसिर ४ को चुनावमा होमिएका प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा एमालेको साथमा पुगे पनि पुनः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितकै गठबन्धनमा फर्किँदा सरकारका प्राथमिकता भने ओझेलमा परेका छन्।

सात पटक विस्तार हुँदा पनि मन्त्रीपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन भने अर्थतन्त्र सुधार तथा जनसरोकारका काम अलपत्र परेका छन्। हाल निर्वाचनअघिकै गठबन्धनमा नागरिक उन्मुक्तिलगायत केही साना ल थपिँदा समेत सरकारमा समेट्नुपर्ने र गठबन्धन जोगाइरहनुपर्ने चुनौतीमा उनी छन्।

यसबीचमा सरकारले नागरिकका प्रत्यक्ष सरोकार रहने निकाय तथा सरकारी कार्यालयको सेवा सुधारको आश्वासन पूरा गर्न सकेको छैन भने ‘बिजनेस’ दिन नसक्दा संसद् बैठक समेत औपचारिकतामा सीमित हुने गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -