Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:३२ दिउँसो
- ADVERTISEMENT -

भ्रमणका लागि १२ सांसद दिल्लीमा

प्रकाशित मिति: २०७९ चैत १४, मंगलबार

229
Shares

नयाँदिल्ली — प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । एकैसाथ ठूलो संख्यामा सांसद ९ दिनको भारत भ्रमणमा आएका हुन् ।

दिल्ली आएका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार छन् । एमालेका मेनुका पोखरल, बलराम अधिकारी, नारायण आचार्य, फारुक अहमद सिराज छन् । त्यस्तै, माओवादी केन्द्रका माधव सापकोटा, मिना तामाङ छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठ र नेकपा समाजवादीका शेरबहादुर कुँवर भ्रमण टोलीमा सहभागी छन् । बिहान ८ बजेको नेपाल एयरलाइन्सको विमानबाट आएका सांसद गुरुग्राममा रहेको र्‍याडिसन होटलमा बसेका छन् ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदलाई दिल्ली ल्याएको हो । संस्थाका अध्यक्ष अरविन्द महतोले भारतको संसदीय व्यवस्था प्रणालीको अध्ययन अवलोकनका लागि सांसदको भारत भ्रमणको आयोजना गरिएको बताए ।

दिल्लीस्थित नेपाली दूतावासलाई सांसदहरुको भ्रमण बारे कतैबाट जानकारी गराइएको छैन । दूतावास स्रोतले सरकारी तहबाट आयोजना नगरिएकैले दूतावासमा जानकारी नआएको हुन सक्ने बताएको छ । संसद् सचिवालय वा परराष्ट्र मन्त्रालयले भ्रमणको आयोजना गरेको छैन । दूतावासका अधिकारीका अनुसार भारतको विदेश मन्त्रालय वा लोकसभाले औपचारिक रूपमा निम्तो पठाएर भ्रमण भएको भए परराष्ट्र मन्त्रालयबाट भ्रमणबारे दूतावासलाई जानकारी आउँथ्यो ।

भ्रमण टोलीमा १९ जना सांसदहरुको नाम रहेकोमा अन्तिममा १२ जना मात्रै भ्रमणमा आएका हुन् । सांसदहरुलाई दिल्लीको विभिन्न ठाउँमा भ्रमण गराउनुका साथै विदेश मन्त्रालयका नेपाल र भुटान हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटाउने आयोजकले सेड्यूलमा राखेको छ । पहिलो दिन भने सांसदहरूले अपरान्ह ४ बजे नीति आयोग पुगेर त्यहाँका पदाधिकारीसँग छलफलमा सहभागी हुने र त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम छ ।

सांसदहरू ३ दिनको दिल्ली भ्रमणपछि मुम्बईसमेत जाने भएका छन् । त्यहाँ उनीहरूले महाराष्ट्रका राज्यपाल र मुख्यमन्त्रीका साथै नेपाली समुदायलाई भेट्ने कार्यक्रम रहेको छ । उनीहरू चैत २२ गते मुम्बईबाटै काठमाडौं फर्किनेछन् । ईकान्तिपुरबाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -