स्याङ्जा।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस ,पुरस्कार वितरण एवम् विविध सांस्कृतिक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति तथा स्याङ्जा-२ का प्रतिनिधिसभा सदस्य धनराज गुरुङ्ले सामाजिक विकासको मेरुदण्ड शिक्षा भएको र विद्यार्थीको अधिकार माथी खेलवाड गर्ने अधिकार कसैलाइ नभएको बताए।

सांसद गुरुङले मुलुकलाई जहाँको त्यही राख्ने अधिकार कसैलाई नभएकाले अहिलेको परिबेशमा शिक्षा नीतिमा परिवर्तन ल्याउनु पर्ने बताउदै माथीदेखि तल सम्मको सिस्टम नै गलत भएको र त्यसको सुधार गर्न आवश्यक रहेको बताए। गुङ्ले आफू पनि ग्रामिण क्षेत्रमा घासकाटेर विद्यालय जीवन विताएको स्मरण गर्दै सुशासन र समृद्विले मात्रै मुलुक परिवर्तन गर्न सकिने भन्दै स्याङ्जा क्षेत्र नं.२का समस्याको विषयमा आफू जानकार भएको र स्थानीय तह, प्रदेश, संघ संग मिलेर समस्याको समाधान गर्ने पक्षमा आफू तल्लिन रहेको बताए।
कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद महेश भट्टराईले शिक्षाको चेतनाले मात्रै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन सकिने कुरामा जोड दिदै आफ्नो निर्वाचन क्षेत्र भित्रको विकास निर्माण अभियानमा मन बचन कर्मले लाग्ने बताए। कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले विद्यालयको भौतिक पुरवाधार लगाएत विद्यालयको शैक्षिक गुणस्तर उकास्नका निम्ति नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताएका छन्। उनले समाज विकासको मेरुदण्ड नै शिक्षा भएकाले कोही पनि बच्चाहरु अध्ययनबाट बन्चित हुन नपरोस भन्ने कुरामा आफु पुर्ण सचेत रहेको बताए।
कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, पूर्व सांसद महेन्द्र थापा, पुर्व मेयर भूपराज अधिकारी, गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सञ्जिव पन्त, नेपाल राष्ट्र माध्यमिक विद्यालयका प्रअ राजेश शर्मा, आदर्श आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल कुल प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यालयका प्रअ रामकान्त पाठकले विद्यालयको शैक्षिक भौतिक तथा २ करोड ८८ लाख ९१ हजार ३ सय ८१ रुपैयाँ बरावरको आय व्यार्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न विधामा प्रथम, दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो साथै पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षता भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र देव खनालले र कार्यक्रमको सञ्चालन शिक्षक द्वय लिला बल्लभ अर्याल र खुमानन्द पाण्डेले गरेका थिए।








































