काठमाडौं ।
लागु औषध कारोवारमा संलग्न ४ थाई नागरिक, २ भारतीय नागरिक र ७ नेपाली नागरिक गरी १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा सोलुखुम्बु, माप्यदुधकोशी वडा न-४ बस्ने ३५ बर्षीय लाक्पा शेर्पालाई पक्राउ गरी लागु औषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन एम्पुल २०,३०० पिस, नाईट्राभेट १२,९५० ट्याब्लेट र नगद ४,०५,००० सहित उनलाई पक्राउ गरेको हो ।
बिशेष सुचनाका आधारमा निरन्तर निग्रानी पश्चात लागु औषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन एम्पुलहरु, लागुऔषध खैरो हेरोईन तथा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको डिपार्चर कक्षवाट थाईल्याण्ड तर्फ निकासी गर्न लागेको अबस्थामा लागु औषध चरेशसहित थाई नागरिकहरुलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरुमाथि ऐन, २०३३ बमोजिम काठमाडाैं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।








































