भिडियो ,
प्रतिभाशाली सङ्गीतकार र लोकप्रिय कलाकार प्रकाश ढकालको “कर” गीत सार्बजनिक भएको छ।यो गीतले नेपाली जनताको जीवनमा करको प्रभावलाई उजागर गर्दै, विशेषत राज्यको उच्चस्तरिय सम्यन्त्र बाट हुने भरस्टाचार,बेथिति र बिसंगती विरुद्ध धावा बोलेको छ। जनताले आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न सामना गर्ने कठिनाइहरूलाई हाइलाइट गर्दै कर गीतले सरकारको तथा नेपालको ठुला दलकाे आलोचना गरेको पाइन्छ।
गीतले उच्च कर र सम्पत्तिको असमान वितरणमा जनताले महसुस गरेको समस्या तथा मुद्दाहरूलाई सम्बोधन गर्न सरकार सग आह्वान गरेको छ।
राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीले समुह स्वरमा साथ दिएका छन भने गितको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि.क.रसार्ईलीको सम्पादनमा तयार भएको हो ।
प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन गायक तथा सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति,बैमानी मोया,खाम कि नखाम मोयाको जुठो जस्ता थुप्रै गित चर्चित छन । कर गितको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।








































