प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै रहेको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार २५ लाख ८६ हजार मतसहित एमालेले पहिलो स्थान कायम गरेको हो ।

यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा छ । ११ लाख १ हजार ७२९ माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ ।

यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेको छ । यस्तै थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले ३ लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्