Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:१७ दिउँसो
- ADVERTISEMENT -

पुन: मतदान नभए परिणाम स्वीकार गर्दिन : झलनाथ खनाल

प्रकाशित मिति: २०७९ मंसिर ११, आइतबार

381
Shares

 नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम १ का उम्मेदवार झलनाथ खनालले लाई झलनाथ खनालले पुनः मतदान नभए परिणाम स्वीकार नगर्ने बताएका छन् ।

‘इलाम १ को मतगणनामा हामी सहभागी छैनौं । मुचुल्का एउटा छ, मत अर्को छ । कहीं बढी मत छ, कहीं कम मत छ । मुचुल्काभन्दा बढी २६६ मत कसरी आउँछ ? कति मतपत्र गायब छन् । जनताले दिएकोभन्दा अर्कै मत कसले घुसायो ? निर्वाचन धाँधलीपूर्ण भएको छ । यसले निर्वाचन आयोगको प्रतिष्ठामा गिरावट आएको छ । लोकतन्त्रलाई कमजोर बनाएको छ । यसलाई बदर गरेर पुनः मतदान नभए परिणाम स्वीकार्न सकिँदैन,’ खनालले भने ।

उनले निर्वाचन आयोग जोरजबर्जस्तीमा लागेको आरोप पनि लगाए । खनालले थपे, ‘हारजित सामान्य हो । तर निर्वाचन स्वच्छ र पारदर्शी हुनुपर्छ । यस्तो धाँधलीपूर्णको निर्वाचनको अर्थ छैन । निर्वाचन आयोगले जबर्जस्ती गर्न खोजेको छ । यो मत बह्माजीले आएर हालिदिए कि महादेवले आएर हालिदिए ? निर्वाचन आयोगसँग कुनै जवाफ छैन ।’

महेश बस्नेतले जिते भने दिनुहुन्छ कि दिनुहुन्न भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘अब १२ हजार मत गन्न बाँकी छ । मेरो पक्षमा आओस् वा महेश बस्नेतको पक्षमा आओस् । तर अनियमितता, धाँधलीका विरुद्ध मेरो आवाज हो । म मतगणनाको त्रुटिपूर्ण कुरा उठाइरहेको छु । यस्तो देख्दादेख्दै गलत कुरा कसरी स्वीकार्ने ? यो कसरी जनमत हुन्छ ? म स्वीकार त गर्दिनँ ।’

गठबन्धन गर्दा एकीकृत समाजवादीलाई घाटा लागेको हो भन्ने अर्को प्रश्नमा खनालले भने, ‘निर्वाचनको सबै परिणाम आइसकेको छैन । तर गठबन्धनमा हामीले उठाएका ६० प्रतिशत उम्मेदवारले जितिसक्नुभयो । गठबन्धन सकारात्मक नै रह्यो । प्रदेश निर्वाचन क्षेत्रमा कुनै लाभ देखिनँ । प्रदेशमा हामीले १३ सिट जितेका छौं । समानुपातिक निर्वाचनमा ठूलै नोक्सान भएको छ । यसमा नीतिगत, संगठनात्मक, कार्यशैलीगत कारण छ । यसको निर्ममतापूर्वक समीक्षा गर्छौं । पार्टी निर्माणको प्रक्रियामा अलि भिन्न ढंगले जानुपर्छ ।’

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने आशा रहेको पनि उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -