Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:३० दिउँसो
- ADVERTISEMENT -

सुदूरपश्चिममा कांग्रेस बन्यो ठूलो दल, अरू दलले कति सिट जिते ?

प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार

1214
Shares

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा कांग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको हो ।

प्रदेशका नौ जिल्ला मध्य ८ जिल्लाको मतगणना सम्पन्न भएपनि बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण प्रदेशसभा सदस्यका दुवै क्षेत्रको मतगणना सुरु भएको छैन ।

अहिलेसम्म प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति पार्टीले ५, नेकपा एमालेले तीन र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेको छ । एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

कांग्रेसले कैलाली र कञ्चनपुरमा ३/३, अछाममा २, तथा बझाङ, दार्चुला र बैतडीमा एक-एक प्रदेशसभा सदस्य सिट जितेको छ ।

माओवादी केन्द्रले अछाममा दुई सिट तथा डडेल्धुरा, दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र बझाङमा एक(एक सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीमा पाँच सिट जितेको छ ।

एमालेले बैतडी, कञ्चनपुर र डोटीमा एक-एक सिट जितेको छ । एकीकृत समाजवादीले कैलाली र कञ्चनपुरमा एक-एक सिट जितेको छ ।डडेल्धुरा (ख) बाट स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले जितेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -