Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:२२ बिहान
- ADVERTISEMENT -

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

प्रकाशित मिति: २०७९ मंसिर १, बिहीबार

375
Shares

शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह फेरि हिंसात्मक गतिविधिमा सक्रिय भएको छ । बुधबार (हिजो) देशका दुई स्थानमा भएका विस्फोट र एक स्थानमा भएको तोडफोडमा विप्लव समूहको संलग्नता भेटिएको हो ।

विप्लव समूहले यही मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । निर्वाचनलाई प्रभावित पार्न सो समूहले हिंसात्मक बाटो समातेको हो ।

बुधबार भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको थियो । पौवादुङमा गाउँपालिका–२, तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी हुने तय थियो । विस्फोटमा एक जना घाइते भएका थिए ।

यस्तै, बुधवारै चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड गरिएको थियो ।

बुधवारै चितवनको भरतपुरमा बिहान पार्किङमा राखिएको बा३च २०५० नम्बरको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले घटना विप्लव समूहबाट भएको दाबी गरेको छ ।

बुधवारै साँझ बाँकेको नेपालगन्ज उपमहानगरपालिका(१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको विस्फोटमा परी विप्लव समूहकै दुई कार्यकर्ता घाइते भएका थिए ।

प्रहरी टोली घटनास्थल पुग्दा प्रेसरकुकर बम विस्फोट भएको थियो । प्रहरीले घटनास्थलबाट विप्लव समूहका केही दस्ताबेज समेत बरामद गरेको छ ।

विस्फोट र हिंसात्मक घटना बढेपछि सुरक्षा सतर्कता बढाइएको र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल बताउँछन् ।

प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले विस्फोटलगायत घटनाले गम्भीर बनाएको बताए । उनले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने उल्लेख गरे ।

अब आपराधिक समूहविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने डिआइजी राईको भनाई छ । विधान र कानुनविपरीतका गतिविधि नसहने भन्दै डिआइजी राईले मातहतका सबै कार्यालयलाई आवश्यक निर्देशन दिएको बताए ।

०७७ फागुनमा विप्लव समूहले हिंसा छाडेको घोषणा गरेको थियो । सो समूहले सरकारसँग विभिन्न तीनबुँदे सहमति गरेको थियो । शान्तिपूर्ण राजनीतिमा आएको बताइए विप्लव समूहले सरकारलाई हतियार बुझाएको थिएन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -