Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:२७ दिउँसो
- ADVERTISEMENT -

अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा विजयी

प्रकाशित मिति: २०७९ कात्तिक २७, आइतबार

298
Shares

दक्षिण अस्ट्रेलियामा भएको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा काउन्सलर पदमा निर्वाचित बनेकी छन् । लामा यस राज्यमा काउन्सलर पदमा जित हासिल गर्ने नेपाली मूलकी पहिलो महिला बनेकी छन् ।

यसअघि न्यु साउथ वेल्स राज्यमा नेपाली मूलकी भद्र वाईबा पहिलोपटक काउन्सलर पदमा विजयी बनेकी थिइन् । हरेक ४ वर्षमा हुने स्थानीय निर्वाचनमा लामा दक्षिण अस्ट्रेलिया राज्यको मारियन काउन्सिलको वारिपरिङ्गा क्षेत्रबाट काउन्सलर पदमा उम्मेदवार बनेकी थिइन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएको दक्षिण अस्ट्रेलिया संयोजकसमेत रहेकी उनले आफ्नो जितले यस राज्यमा नेपालीको उपस्थितिलाई अझ सुदृढ बनाएको बताइन् ।

उनले आफू यस क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेको र यस क्षेत्रका समस्यालाई राम्रोसँग पहिचान गरेका कारण सबैको हितमा काम गर्नसक्ने सुनाइन् । आफूले एनआरएनए संयोजकका रुपमा र अन्य समयमा समेत सबै समुदायका लागि काम गरिरहेका कारण काउन्सिल निर्वाचनमा सफलता पाएको उनको भनाइ छ ।

‘जित-हार भनेको निर्वाचनको सामान्य प्रक्रिया भए पनि नेपाली मूलको उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेर निर्वाचित हुन पाउनु मेरो र यहाँका नेपाली समुदायका लागि गर्वको विषय हो ।’ उनले कान्तिपुरसित भनिन् । उनले स्थानीय समुदायले विश्वास गरेर काउन्सलर बनाएकोमा खुसी व्यक्त गर्दै सबै बहुसांस्कृतिक समुदायका लागि काम गर्ने सुनाइन् ।

यस राज्यको स्थानीय निर्वाचन यही महिनाको १० तारिखमा समाप्त भएको थियो । यहाँको स्थानीय निर्वाचन हुलाक मार्फत् हुने गरेको छ । जसका लागि मतदातालाई केही साता पहिलेदेखि नै मतपत्र वितरण गरिएको थियो । स्थानीय निर्वाचनमा मतदान गर्न संसदीय निर्वाचनजस्तो अनिवार्य नगरिएको भए पनि मतदाताले उल्लेख्य रुपमा सहभागीता जनाउने गरेका छन् । लामा उम्मेदवार बनेको क्षेत्रमा उनीसहित अन्य ५ जनाले उम्मेदवारी दिएका थिए भने यस क्षेत्रबाट दुई काउन्सलर चुनिने प्रावधान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -