- ADVERTISEMENT -

भारतका पुर्वप्रधानमन्त्री गान्धीको हत्यामा संग्लग्न ६ जना ३१ वर्षको जेल सजायपछि रिहा

November 13, 2022
386
Shares
- ADVERTISEMENT -

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी हत्याकाण्डका ६ जना दोषी ३१ वर्षको जेल सजायपछि रिहा भएका छन्।

भारतको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको एक दिनपछि तीन अभियुक्तहरू नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका हुन्। उनीहरुलाई तामिलनाडुको भेल्लोर जेलबाट रिहा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

- ADVERTISEMENT -

Advertisement

रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थित भएकी थिइन्। मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो। बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ। नलिनी बाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन्।

तामिलनाडुको एक चुनावी सभामा ४६ वर्षीय गान्धीको सन् १९९१ मा हत्या गरिएको थियो। उनको हत्या श्रीलंककोे सशस्त्र विद्रोही समूह लिबरेश टाइगर्स अफ इलमले गराएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -