Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:५० दिउँसो
- ADVERTISEMENT -

डा.तोसिमा कार्कीको उम्मेदवारी अझै अन्योलमा

प्रकाशित मिति: २०७९ कात्तिक २५, शुक्रबार

587
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा डा। तोसिमा कार्की उम्मेदवार बनेकी छन् । ललितपुरकै नख्खुमा हुर्के–बढेकी उनी किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस ९शल्य–चिकित्सामा स्नातकोत्तर हुन् । उनीसँग नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यको अनुभव पनि छ ।

सार्वजनिक जीवनमा उनी सत्याग्रही डा। गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । केसीको चिकित्सा शिक्षा सुधार अभियानमा डा। कार्की सुरुबाटै सक्रिय थिइन् ।

डा.कार्कीले उम्मेदवारी दिएको ललितपुर–३ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेता–कार्यकर्ताले उनलाई ‘भोट काट्न आएको’ भनेर टिप्पणी गरिरहेका छन् । त्यसक्रममा उनले कानुनी लडाईं समेत गरिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दियो ।

डा। कार्कीविरुद्ध निवेदन परेपछि निर्वाचन आयोगले निवेदकको मागबमोजिम उनको उम्मेदवारी खारेज गरिदिएको थियो । मेडिकल काउन्सिलको कार्यकारी सदस्यबाट राजिनामा नगरी निर्वाचनमा उम्मेदवारी दिएको आरोप उनलाई लगाइएको थियो ।

तर, मेडिकल काउन्सिलको कार्यकारी सदस्य लाभको पद नभएको, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लाभको पदबाट राजिनामा गरिसकेको उनको भनाइ छ । काउन्सिलको सदस्य पद लाभको हो, होइन भनेर आफूले पहिल्यै निर्वाचन आयोगलाई सोधेको तर, जवाफ नपाएपछि उम्मेदवार बनेको डा। कार्कीको भनाइ छ ।अहिलेलाई भने डा। तोसिमा कार्कीको उपस्थितिले ललितपुर–३ को चुनावी माहोलमा सरगर्मी बढाएको छ ।

त्यसविरुद्ध सर्वोच्च अदालत गएर उनले आयोगको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश त गराएकी छन् तर निर्वाचन आयोग त्यो आदेश विरुद्ध फेरि सर्वोच्च गएको छ । चुनाव प्रसारप्रसारमा जुटे पनि अदालतले अब दिने आदेशबाट उनको उम्मेदवारी कायम हुने वा नहुने निक्र्योल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -