- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेप्सेमा २३.५३ अंकको गिरावट

November 10, 2022
294
Shares
- ADVERTISEMENT -

सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंक (१.२३ प्रतिशत)ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । बुधबार २ प्रतिशतले गिरावट भएको थियो । बिहीबार पनि एक प्रतिशत माथिले गिरावट हुँदा नेप्से १४ कात्तिकपछि पुनः १८०० अंकको बिन्दुमा झरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेप्सेसँगै सबै उपसूचका गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १७१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

यता अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.९१ प्रतिशतले गिरावट हुँदा किसान लघुवित्त वित्तीय संस्थाको ५.७८ प्रतिशत र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ५.२५ प्रतिशतले गिरावट भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -