गोरखा । वाम लोकतान्त्रिक गठबन्धनका साझा तथा नेपाली कांग्रेस तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाई मतदाताको घरदैलो अभियानमा व्यस्त भएका छन् । निर्वाचन आयोगले बिहीबारदेखि राजनीतिक दलका उम्मेदवारलाई प्रचारप्रसार तथा घरदैलो अभियान गर्न दिएसँगै बजगाई मतदाताको घरदैलो अभियानमा व्यस्त भएका हुन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई यतिबेला मतदाताको घरदैलोमै पुगेर भोट माग्न व्यस्त छन् । घरदैलो अभियानकै क्रममा गोरखा आरुघाट गॉंउपालिकाको टोलटोलमा पुगेर मतदाता रिझाउँदै मत माग्न व्यस्त भएका हुन् ।
बजगाई मतदाताको घरदैलोमा पुगेपछि उहाँहरू उत्साही भएको प्रतिक्रिया दिए । सफल पर्यटन ब्यवसायी तथा नेपाली कॉंग्रेस युवा नेता, गत निर्वाचनमा प्रदेश सभामा पराजित भएको बस्नेतसंग गठबंधनको सहयोगमा उनि अहिले प्रतिनिधि सभाको लागी चुनाबी मैदानमा उत्रिएका छन् ।
पाँच दलीय गठबन्धनको साझा उम्मेदार बजगाई ले मतदाता संग माग्दै भने आफूलाई निर्वाचित गराएमा गोरखा को विकास निर्माणका कार्य गर्नेछु, यहाँका जनतालाई निराश हुन दिने छैन । गोरखाकाका बासिन्दाको साझा समस्याहरु सडक, खानेपानी, यातायाता लगायतका भौतिक पुर्वाधारको समस्या हल गर्न हरदम कोसिस गर्नेछु, साथै पर्यटन को अचुक सम्भाबना रहेको गोरखा को मुहार फेर्ने मा मेरो सधै साथ रहने छ ।
घरदैलो कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सभाको समानुपातिक उमेदवार सुशिला सिंखडा , नेपाली कांग्रेसका क्षेत्र नं १प्रदेश ख ,का उमेदवार नन्द प्रसाद न्यौपाने तथा गठबंधन दलका नेता तथा कार्यकर्ता घरदैलो कार्यक्रममा सहभागी भै रहेका छन्।











































