Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:२३ दिउँसो
- ADVERTISEMENT -

देउवा भन्छन्- गठबन्धन १०-१५ वर्षसम्म कायम रहन्छ

प्रकाशित मिति: २०७९ कात्तिक २०, आइतबार

338
Shares

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म कायम रहने बताएका छन् । उनले गठबन्धन चुनावका लागि मात्र नभएर देशको समृद्धि, आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि आवश्यक रहेकाले गठबन्धन नभत्किने बताए ।

एक अनलाइन पोर्टललाई अन्तर्वाता दिँदै प्रधानमन्त्री देउवाले ‘गठबन्धन जति बलियो भयो, त्यति नै बलियो सरकार बन्ने बताएका छन् । हाल चुनावी प्रचारको क्रममा आफ्नो गृहजिल्ला डडेलधुरामा रहेको प्रधानमन्त्री देउवाले भनेका छन्, ‘गठबन्धन भत्किँदैन गठबन्धन चुनावका लागि मात्रै होइन । स्थिर सरकार, स्थायी शान्ति र स्थिरताका लागि हो । यो गठबन्धन १०–१५ वर्ष जारी रहन्छ ।’ उनले प्रचण्ड र माधव पनि गठबन्धनलाई जारी राख्ने पक्ष रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ । राजनीतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक छ ।’ गठबन्धन बलियो भने सरकार बलियो हुने बताउँदै उनले राजनीतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । ‘एक्लै कुनै पार्टीको बहुमत आउन सक्दैन । त्यसैले पार्टीहरू मिल्नुपरेको छ’ उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न भनेको पनि बताए । उनले अन्तर्वार्तामा भनेका छन्, ‘सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने हामी त्यता पनि विचार गर्छौं ।’

उनले आफ्नो व्यक्तिगत इच्छा नभएर गठबन्धनको आग्रहमा प्रधानमन्त्री भएको समेत बताउँदै मंसिर ४ पछि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बन्ने दावी गरे । उनले भने, ‘नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा कुनै दुईमत छैन । अहिले नेपाली कांग्रेसकै पक्षमा देशभरि सकारात्मक सन्देश प्रवाह भइरहेको छ ।’ उनले गठबन्धनले आगामी चुनावमा भारी अन्तरले जित्ने बताउँदै गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -