Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:१४ बिहान
- ADVERTISEMENT -

निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २०७९ कात्तिक १८, शुक्रबार

344
Shares

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा दुई मत नरहेको बताए । शुक्रबार विहान डडेलधुराका सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन,’ उनले भने, ‘यो समावेशी संविधान हो । यसमा सबै जाती र जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ । त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने कुनै दुई मत छैन ।’ अहिले कांग्रेसकै पक्षमा देशभरी सकारात्मक सन्देश प्रवाह भएको उनको भनाई थियो ।

‘पूर्वदेखि पश्चिमसम्म अहिले नेपाली कांग्रेस र गठबन्धनको पक्षमा मतदाता निकै सकारात्मक देखिएका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा दुई मत छैन ।’

प्रधानमन्त्री देउवाले कांग्रेस पहिलो पार्टी बनेपछि अबको ५ वर्षमा धेरै परिवर्तन हुने दाबी गरे । ‘गठबन्धनको पक्षमा मतदान गर्न र नेपाली कांग्रेसलाई लार्जेस्ट पार्टी बनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्न चाहन्छु,’ देउवाले थपे, ‘कांग्रेस लार्जेस्ट पार्टी भए अबको ५ वर्षमा धेरै ठुलो परिवर्तन हुन्छ । विकासले फड्को मार्छ ।’

प्रधानमन्त्री देउवा अहिले गृहजिल्ला डडेल्धुरामा व्यस्त छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त रहने छन् ।

नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार देउवाले आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -