Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:४३ बिहान
- ADVERTISEMENT -

रवि लामिछानेको पार्टीका प्रदेश सभापतिसहित विभिन्न नेता कार्यकर्ताले गरे पार्टी परित्याग

प्रकाशित मिति: २०७९ कात्तिक १७, बिहीबार

370
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला र नगरका विभिन्न नेता तथा कार्यकर्ताले नेतृत्वलाई विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगरपालिकाका सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईलगायत छन् ।

सो पार्टीका नेता तथा कार्यकर्ताले मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको प्रदेश कमिटी सदस्य तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराईले बताए । उनले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापति लामिछानेप्रति लागेका अनैतिक आचरण, पारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दाजस्ता आरोप सही त थिएनन् भन्ने आशङ्का जन्मिएको र निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै कानुनी प्रक्रियामा जाने निर्णयका साथ पार्टी परित्याग गरेको बताए ।

सुनसरी जिल्ला सचिव तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटी उपसभापति प्रेमप्रसाद तिमिल्सिनाले पार्टीले प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण अपारदर्शी तरिकाले गरेको, उम्मेदवार छनोट हुनुअघि नै आकाङ्क्षीसँग दस्तुर उठाएर टिकट वितरण भइसके पनि अन्यको फिर्ता नगरेको, पार्टी नेतृत्वमा रहेका केही व्यक्तिको स्वेच्छाचारिता बढेका कारण पार्टी परित्याग गर्नु परेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -