Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:५१ दिउँसो
- ADVERTISEMENT -

माओवादीको घोषणापत्र: न्यायाधीशको इमान्दारिता छानबिन गरेर पुनर्नियुक्ति गर्ने

प्रकाशित मिति: २०७९ कात्तिक १५, मंगलबार

256
Shares

नेकपा माओवादी केन्द्रले हाल बहाल रहेका न्यायाधीशहरुको कार्यसम्पादन क्षमता, दक्षता र इमान्दारिता छानबिन गरेर पुनर्नियुक्ति गर्ने घोषणा गरेको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा न्यायपालिका पुनर्संरचनाका ३ वटा विषय राखिएको छ ।

जसमध्ये पहिलोमा भनिएको छ, ‘हाल बहाल रहेका सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको कार्यसम्पादन क्षमता, दक्षता र इमान्दारिता छानबिन गरी पुनर्नियुक्ति गर्ने ।’

माओवादीले न्यायपालिकाभित्रको भ्रष्ट्राचार, अनियमिता लगायत सबै खालको बेथितीको अध्ययन छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने र आयोगको सुझावका आधारमा न्यायपालिका पुनर्संरचना गर्ने पनि माओवादी केन्द्रको घोषणा छ ।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, न्ययााधीश र कानुन व्यवसायीको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अदालतबाट स्वच्छ, स्वतन्त्र र निर्भीकतापूर्वक न्याय सम्पादनको वातावरण बनाउने पनि माओवादीले घोषणा गरेको छ ।

माओवादीले सर्वोच्च अदालतको संवैधानिक इजलासको प्रभावकारिता फितलो भएको भन्दै छुट्टै संवैधानिक अदालत स्थापनाको पहल गर्ने घोषणा पनि गरेको छ ।

सर्वोच्च अदालतलगायत सबै तहका अदालतका न्यायाधीशहरुको नियुक्ति प्रक्रियालाई विवादरहित र पारदर्शी बनाउन न्यायाधीशहरुको योग्यता, क्षमतासम्बन्धी मापदण्ड र नियुक्ति प्रणालीलाई व्यवस्थित गर्ने माओवादीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -