कालीकोटमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ-गाउँमा पसेका छन्। चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन्।
जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी नेमकिपा र स्वतन्त्र उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा उम्मेदवार गाउँ पसेका हुन्।








































