- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एमालेका उपाध्यक्ष ईश्वर पोखरेलद्धारा निर्वाचन आचारसंहिता उल्लंघन

October 31, 2022
191
Shares
- ADVERTISEMENT -

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। उनले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रलोभनमा पार्ने काम गरेका छन्।

पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्। जसका खुलासा भजन खलः मा आवद्धहरुले नै खुलासा गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

‘टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका हाम्रो मुर्त अमुर्त सास्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई तात्कालीन समयमा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री रहेका यसै क्षेत्रका सांसद ईश्वर पोखरेलले सबै खलः लाई आवश्यक सांस्कृतिक बाजा गाजा हस्तान्तरण गरेको र चतुरमास भजन कृतन अवलोकन गर्न आउनु भएको केही तस्बिरहरु,’ सत्यनारायण डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी आभारी छौं।’

निर्वाचन आयोगका एक अधिकृत स्रोतले आचारसंहिता लागु भइसकेपछि दल र उम्मेदवारले मतदाता प्रभावित हुने क्रियाकलाप गर्नु निर्वाचन आचारसंहिता विपरित भएको बताएका छन्। उनले एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उजुरी परे आवश्यक कारवाही गरिने पनि बताए।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com