- ADVERTISEMENT -

प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा

September 18, 2022
1210
Shares
- ADVERTISEMENT -

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्

- ADVERTISEMENT -

Advertisement

विकास बोर्डले राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ। यो प्रावधान आफ्नो पछिल्लो फिल्म ‘प्रेमगीत ३’लाई लक्ष्य गरेर ल्याइएको भन्दै प्रदीपले अध्यक्ष पदबाट भुवनको राजीनामा माग गरेका हुन्।

बोर्डले यो प्रावधान भने केसीको कार्याकाल सुरु हुनुअगावै ल्याएको थियो। 

प्रदीपले भनेका छन्, ‘मैले स्वविवेक प्रयोग गर्न नसक्ने, अरुबाट परिचालित हुने व्यक्तिले त्यो ठाउँमा बस्न लायक छैन भनेको हुँ।’

केही समयअघि चलचित्र विकास बोर्डले प्रेमगीत टिमलाई बोलाएर सम्मान गरेको थियो। प्रदीपले बोर्डको यो सम्मानलाई पनि देखाउने दाँत भनेका छन्। 

आफ्नो प्रतिस्पर्धा कसैसँग नभएको बताउँदै प्रदीप भन्छन्, ‘खुट्टा कहाँसम्म तान्ने, आफ्नो हातले भ्याउँदासम्म हो। टुप्पोमा चढिसकेपछि कहाँ गएर तान्ने ?’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -