काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वरोजगार श्रमिकलाई विकल्प दिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दिएको सुझावप्रति जवाफ फर्काएका छन्। भट्टराईले फुटपाथको व्यापारबाट विस्थापित स्वरोजगार श्रमिकलाई ठाउँ र समय तोक्न सुझाव दिएका थिए।
‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्राय: बनेका नदीलाई पुनर्जीवन दिन आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्। फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरु फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्,’ भट्टराईको सुझाव थियो।
भट्टराईको यस ट्वीटमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘यो कुरा त तपाइँले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नुपर्थ्यो नि।’








































