Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
३:३६:५५ दिउँसो
- ADVERTISEMENT -

कपनमा ढल बग्नेबित्तिकै मैले गाली खाइरहेको छु : गगन थापा

प्रकाशित मिति: २०७९ भदौ २६, आइतबार

243
Shares

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपन क्षेत्रमा देखिएको ढलको समस्या समाधान गर्न अलग्गै आयोजनाको माग गरेका छन् । ढलको समस्याबारे उपत्यका विकास प्राधिकरणमा आइतबार भएको छलफलमा महामन्त्री थापाले ढलका कारण कपनमा ठूलो जनधनको क्षति हुँदै आएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले सो समस्या समाधानका लागि समेत आफू सिरियस रहेको बताए । कपन थापाको चुनाव क्षेत्रसमेत हो । ‘यो क्षत्रमा ढल आउनेबित्तिकै सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा खहरे बग्नेबित्तिकै सबैभन्दा बढी मलाई गाली गर्नुहुन्छ,’ उनले भने, ‘म यो समस्यामा सिरियस छु । तर यो समाधान गर्न अफ्ठ्यारो अवस्था छ । त्यसका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गरोस् ।’

आइतबार काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी विकासमन्त्री मेटमणि चौधरीसहित सरोकारवालासँग गरेको छलफलमा नेता थापाले स्थानीय, प्रदेश र संघीय सरकारले एउटै मोडेलमा काम गर्नुपर्ने बताए । उनले करिडोर बनाउने क्रममा खोलाको बहावलाई नियन्त्रण गर्ने गरीमात्रै नभई बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने भनेर सोच्नुपर्ने उनले बताए ।

‘बाहिरबाट आएका मानिसहरुले २ आना, ५ आनामा घर बनाउनुभएको छ । लालपूर्जा छ, वर्षैपिच्छे कर तिर्नुभएको छ । उहाँहरु वैधानिकरुपमा बस्नुभएको छ,’ उनले भने, ‘समस्या सिर्जना त्यसैगरी भएको छ, यो समस्या सिर्जना गर्नेमा मेरो भूमिका छैन । तर म यो भनेर समस्याबाट भाग्ने कुरा पनि छैन । अहिलेसम्म जे जे भयो, मेरो कुनै टिप्पणी छैन । तर अब कसरी समाधान गर्ने भन्नेमा सबैले ध्यान पुर्‍याउनुपर्नेछ ।’

कार्यक्रममा सहरी विकासमन्त्री चौधारीले कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाएर काम गर्ने बताए । सांसद थापाको पहललाई सहरी विकास मन्त्रालयले सतप्रतिशत सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकमा छुट्टै आयोजना बनाएर करिडोर बनाउने प्रस्ताव पास हुन्छ । करिडोरलाई विवादित बनाउनेभन्दा पनि समस्या समाधान गर्ने कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -