नेपाली कांग्रेसले आज (शुक्रबार) १०९औँ बिपी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ।
बिपी जयन्तीका अवसरमा कांग्रेस नेताहरुले बिपीको शालिकमा माल्यार्पण, वृक्षरोपण तथा बिपीका विचारहरुबारे प्रवचन दिएका छन्।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा बिपी जयन्तीका अवसरमा कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भए।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान समापन समारोहमा सरिक भए। उनले बिपीको शालिकमा माल्यार्पण गरे।
यता, उपसभापति पूर्णबहादुर खड्का नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं १, एकाई समितिले लोहकिल्थलीस्थित बिपी बाल उद्यानमा आयोजित कार्यक्रममा सरिक भइ बिपीको शालिकमा माल्यार्पण गरेका छन्।








































