पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीवार (आज) टुङ्ग्याउँदै छ ।
सिट बाँडफाँडको प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यदलको बैठक बिहीबार बिहान ९ बजे बस्ने तयारी गरिएको छ ।
यसअघि बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो ।
सो बैठकले बिहीवार प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय गरेको थियो ।








































