Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३१:३६ दिउँसो
- ADVERTISEMENT -

जापानीज स्वाद बोकेको देक्काइदो ओनसेन

प्रकाशित मिति: २०७९ जेठ १४, शनिबार

671
Shares

काठमाडौं, शनिबार, १४ जेठ २०७९ । काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ ।

काठमाडौंको बुढानिलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पाइक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानिलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ । शान्त मात्र होइन आतिथ्यतको आनन्दाका बीच जापानको टिपिकल रामेन जस्को नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । जापनिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् । जुन नेपालका अन्य रिसोर्टमा नपाइने परिकार हो । बेन्त्व बक्सहरु काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।

अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका अधिकारी किशोर हुँदा नै सन १९९५ तिरै हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन । पोखरामा बुवा ढुंडीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटेल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र सौचालय जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे र आज जापानको हुक्काइदो सहरमा ‘विस्तारै विस्तारै’ नामका १० वटा रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।

जापानको निकै सुन्दर हुक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन त्यसहरी नै काठमाडौं सहरको अव्यवस्थित ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय विताउने स्थान बनोस भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अध्यक्ष अधिकारी बताउँछन् । प्रकृतिको बीचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा विस्तार गर्न अधिकारीले करिब ८ रोपनी जमिनमा साढे ९ करोड लगानी गरे । त्यसमा जापानको ‘समराई’ कल्चरलाई हाम्रो नेपाली ग्रामिण बाँस र माटोको कल्चरसँग मिस्याएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै ४ करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी हेड अफ डिपार्टमेन्ट सुनिता अधिकारीले भनिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै ४ करोड लगानी थपिन्छ होला ।’

परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापनिज न नेपाली परिका मात्र पाइन्छ । आगन्तुकको चाहनाअनुसार टिपिकल जापनिज र नेपाली परिकार पस्कनु आफूहरुको उद्देश्य रहेको सुनिताले सुनाइन् ।

देक्काइदो ओनसेन रिसोर्ट फराकिलो र प्राकृतिक जंगलको बीचमा छ । आठ रोपनी जमिनमा फैलिएको रिसोर्टमा आरामदायी टेन्टको व्यवस्था छ । जहाँ आरामदायी रात बिताउन पाउने गरी व्यवस्था गरिएको छ । सुन्दर फराकिलो ठाउँहरूमा पिकनिक, भोज, पारिवारिक पार्टी र उत्सव मनाउन रिसोर्टले उचित वातावरण निर्माण गरेको छ ।

यहाँको संचालन संरचना समेत कर्मचारी र लगानीकर्ता भन्दा पनि वनरसीपको उद्देश्यले तयार गरिएको छ । हरेक कर्मचारीले अपनत्व ग्रहण गर्न केही प्रतिशत सेयर प्रदान गरिएको एचओडी सुनिताले सुनाइन् ।

देक्काइदोका विशेषताहरुः

बस्नका लागि टेन्टहरू :
घना जंगलको किनारमा दुई बेडसहितका तीनवटा आरामदायी डेक्काइडो टेन्ट हाउस, होक्काइदो टेन्ट हाउस र लाङटाङ टेन्ट हाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । तीं जंगलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन्। टेन्ट प्रकृतिको बीचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।

पिकनिक, बीबीक्यू र रात्री भोज :
दुई सयभन्दा बढी मानिसलाई सेवा प्रवाह गर्नसक्ने गरी ओनसेनले आफ्नो क्षमता बनाएको छ । मझौलाखाले पार्टी, भोज, पिकनिक, ब्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरु मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ। साना समूहका भोजनका लागि उपयुक्त तीनवटा सुन्दर कटेज (होक्काइडो कटेज, लाङ्टाङ कटेज र शिवपुरी कटेज)ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बिकिक्यू वा साँझको पार्टी, यो रमणीय प्राकर्तिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।

बैठक, सम्मेलनका लागि प्रबन्ध :
रिसोर्टले फुटकर रुपमा आउने पाहुना मात्र होइन औपचारिक र अनौपचारिक बैठकहरू, सम्मेलनहरू आयोजना गर्नसक्ने गरि प्रबन्ध मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वस्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँहरूको व्यवस्था चुस्त रुपमा गरिएको छ । रिसोर्टले विशेष तालिम प्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।

सुटिङ स्थल :
झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय भिडियो सुटिङ, टिकटक सुटिङको प्रचलन बढ्दै गएको छ । जसका लागि यो उपयुक्त रोजाइ बन्नेछ । देक्काइदो रिसोर्ट ओनसेनले सुटिङस्थलका रुपमा आफूलाई तयार राखेको छ । त्यसैले यहाँ शुन्दर वातावरणमा गीत, संगीतका भिडियोहरू, व्यावसायिक क्लिपहरू, चलचित्रका दृश्य वा छोटो फिल्म र टिकटक भिडियोहरू सुटिङ पनि गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -