Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:३५:४४ बिहान
- ADVERTISEMENT -

कीर्तिपुरमा कांग्रेसको सानदार जित, एमाले ‘क्लिन स्विप’

प्रकाशित मिति: २०७९ जेठ ३, मंगलबार

590
Shares

काठमाडौँ, मंगलबार, ३ जेठ २०७९ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा पहिलो पटक नेकपा एमाले क्लिन स्विप भएको छ । कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित हुँदा एमालेले खुला वडा सदस्यसमेत जित्न सकेन ।

नकर्मी ९ हजार ४३ मतसहित मेयरमा निर्वाचित भए भने उनका प्रतिस्पर्धि एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत मात्र पाए ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै शुभलक्ष्मी शाक्य उप मेयरमा निर्वाचित भएकी छिन् । ८६ सय ६५ मत प्राप्त गरेकी शाक्यले एमालेकी बिन्दु महर्जनलाई पराजित गरेकी हुन् । महर्जनले ७२ सय ६ मत प्राप्त गरेकी थिइन् ।

वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुरमा एमालेले पहिलोपटक ठूलो धक्का व्यहारेको हो । अहिले कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका छन् । जबकी २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो ।

तर, सो नगरपालिकामा एमाले अहिले दुई महिला सदस्यमा सीमित भएको छ । वडा नम्बर ३ मा दलित महिला सदस्य सुष्मा विश्वकर्मा ६९९ मतका साथ निर्वाचन भइन् भने वडा नम्बर ८ मा एमालेकी सरस्वती परियार निर्विरोध निर्वाचित भएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -