Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३२:१५ बिहान
- ADVERTISEMENT -

कांग्रेसको प्रश्न :सबै कोणबाट असफल केपी ओलीले अब के मुखले भोट माग्ने ?

प्रकाशित मिति: २०७९ वैशाख २६, सोमबार

556
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली सबै कोणबाट असफल भईसकेकोले उनलेके मुखले भोट माग्ने भन्दै ओलीसँग भोट माग्ने आधार समेत नरहेको बताएको छ ।

कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै स्थानीय चुनावमा ठाउँ विशेषमा जित्दा वा हार्दा सत्तागठबन्धन नटुट्ने बताएको छ । एमाले अध्यक्ष ओलीले आइतबार मतदातालाई एमालेमा मत दिन आग्रह गदैं आयोजना गरिएको पत्रकार सम्मेलनमा बैशाख ३० गते चुनावको दिन सत्ता गठबन्धन दलका लागि महासंकट हुने र असार १७ सम्म पुग्दा गठबन्धन नै भत्केर एउटा दल एकातिर र अर्काे दल अर्काेतिर फर्कने बाताबरण बन्ने बताएका थिए ।

त्यसलाई कांग्रेसले ओलीले मतदाता प्रभावित पार्न मनोवैज्ञानिक अस्त्र फाल्न खोजेको टिप्पणी गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदैं कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ओलीले मनोवैज्ञानिक रुपमा मतदातालाई प्रभाव पार्न खोजेपनि त्यस्तो अस्त्र टार्गेटमा नपुग्दै वीचमा नै खस्ने टिप्पणी गरेको छ ।

‘ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नुभएको हो। सत्तागठबन्धन टिक्दैन किन मतदान गर्नुहुन्छ भन्ने उहाँले मनोवैज्ञानिक क्षेप्यास्त्र प्रयोग गर्नुभएको हो, उहाँको क्षेप्यास्त्र बीचमै खस्छ, टार्गेटमा पुग्दैन,’ कांग्रेसका प्रवक्ता डा महतले भने ।

एमाले अध्यक्ष ओलीका मनोरञ्जन दिने, हसाउने विशेषता रहेको उनले टिप्पणी गरे।

‘उहाँ यस्तो गरिरहनुहुन्छ। उहाँको विशेषता भनेकै मनोरञ्जन दिने, हसाउने, उखान उक्का जोड्ने हो, कस्तो मजासँग भन्यो भन्ने पार्ने हो। नेपाली जनता सरल सिधा छन्। उहाँको विशेषता काम होइन कुरा हो। कुरा गर्नेसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं,’ डा महतले भने ।

असार १७ पछि गठबन्धन अघि जाँदैन भनेर झटारो हान्ने काम ओलीले गरेको पनि महतले बताए। ‘यो पनि उहाँले झटारो हान्नुभएको हो। लक्ष्यमा पुग्दैन बीचमै गिर्छ। हाम्रो तालमेल यथावत रहन्छ। कुनै ठाउँ विशेषको परिणामले गठबन्धन टुट्ने सम्भावना म देख्दिनँ,’ उनले भने।

सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली सफल हुन नसकेको कांग्रेसको भनाई छ । एमालेले आइतबार कांग्रेस सर्वत्र असफल भएको र कांग्रेसले एमालेसाग सहकार्य नै नचाहेको जस्ता आरोप लगाएको थियो । त्यसको प्रत्युक्तरमा कांग्रेसले एमाले अध्यक्ष ओलीलाई असफल मान्छेले जनताका वीचमा गएर मत माग्ने आधार समेत गुमाईसकेको टिप्पणी गरेको हो ।

ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास ब्यक्त गदैं कांग्रेसले सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको जिकिर गरेको छ ।

‘केपी ओली सबै कोणबाट असफल भईसकेका छन । अव के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकार साँढे ३ वर्षमै दुई पटक हात उठायो । उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व काँग्रेसले लिनुप¥यो । अव उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ ? कमिशनको पर्खाईमा रहँदा कोभिडको बेहालस्थिति बनाइयो । अहिले व्यवस्थापन भएको छ । कमिशनका काण्ड नियन्त्रण गरिएको छ । अव हामीले गठबन्धनलाई अगाडि बढाऔं । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नु भएको छ । उहाँ त अवश्य पनि नचलोस भन्ने चाहनुहुन्छ,’ कांग्रेसका प्रवक्ता डा महतले पत्रकार सम्मेलनमा भने,– ‘हामीलाई विश्वास छ-हाम्रा सहयात्री दलहरु पनि त्यही मान्यता अनुसार उहाँहरु ओलीतिर जानु हुन्न । र यो लोकतान्त्रिक यात्रामा अगाडि बढनुहुनेछ भन्ने हामीलाई लागेको छ । कुनै पनि मानेमा ओलीजीले फेरी पनि मत माग्ने आधार छैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -