Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४८:५० बिहान
- ADVERTISEMENT -

संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी आशन्न निर्वाचनले परास्त गर्न जरुरी

प्रकाशित मिति: २०७९ वैशाख २६, सोमबार

584
Shares

काठमाडौँ, सोमबार, २६ वैशाख २०७९ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी आशन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका छन् । पार्टीको स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी आशन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका हुन् ।

‘केपी शर्मा ओली आफू शासकका रुपमा असफल त हुँदै हो। सँगसँगै उहाँको नियत संवैधानिक उपलब्धीहरुलाई समाप्त गर्ने पनि थियो,’ पौडेलले भने, ‘त्यसैले संवैधानिक उपलब्धीहरुलाई समाप्त गर्ने बाटोतिर उद्दत भएको पार्टी, व्यक्ति अथवा प्रवृत्तिलाई यो निर्वाचनले परास्त गर्न जरुरी छ ।’

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनबाट एमाले अनुमोदन भएर आए लोकतन्त्र सुरक्षित गर्न नसकिने उनको जिकिर थियो।
‘यो निर्वाचनमा फेरि पनि त्यो प्रवृत्ति अनुमादित भएर आयो भने हामीले लोकतन्त्रलाई सुरक्षित गर्न सक्दैनौँ,’ नेता पौडेलले भने, ‘त्यस अर्थमा स्थानीय तहको निर्वाचन महत्वपूर्ण छ। यो निर्वाचन कसले जित्छ, त्यसले पछिल्ला निर्वाचनहरुमा असर, प्रभाव पर्ने स्थिति बन्छ ।’

राजनीतिक अर्थसँग जोडिएको अहिलेको निर्वाचनमा अहंकारीप्रवृत्ति, अलोकतान्त्रिक प्रवृत्ति र जनताको अधिकार खोसेर एकाधीकार जमाउने नियतलाई अन्त्य गरिनुपर्नेमा उनको जोड थियो । स्थानीय तह निर्वाचनले मुख्यतया जनतालाई स्थानीय स्तरमा सेवा दिने, विकासका पूर्वाधार निर्माण गर्ने, स्थानीय आवश्यकता पूरा गर्ने काम गर्ने भए पनि आशन्न निर्वाचन यतिमात्रै विषयमा सीमित नभएको बताए ।

‘अहिलेको निर्वाचन राजनीतिक विषयहरुसँग पनि जोडिएको छ। हामीले केपी ओलीको शासनकाललाई बिर्सिएका छैनौँ,’ पौडेलले भने, ‘हिजो सूचना प्रविधि विधेयक जसरी आयो, हिजो मानवअधिकार विधेयक जसरी आयो, हिजो गुठी विधेयक जसरी आयो अथवा प्रेस काउन्सिल विधेकय जसरी आयो त्यसले प्रष्ट संकेत के गर्छ भने केपी ओलीले दुईतिहाइ विकास निर्माण गर्न होइन। देशलाई समृद्ध गर्न होइन, नेपालको संविधानलाई कमजोर बनाउनका प्रयोग गर्नुभयो।’

तनहुँ शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी,लेनिनवादी ) बाट उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टीमा प्रबेश गराएका हुन् ।

शिव प्रसाद लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -