Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
६:०७:५५ बेलुका
- ADVERTISEMENT -

योगदान रकम योगदानकर्ताको खातामा

प्रकाशित मिति: २०७९ वैशाख २६, सोमबार

502
Shares

काठमाडौं, सोमबार, २६ वैशाख २०७९ । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ ।

रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो । करिब एक लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदानवापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो ।

कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै दुई महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो । सरकारबाट प्राप्त रु एक अर्ब छ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ । कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न रु एक अर्ब ३२ करोड माग गरेको थियो । हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ । अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । पछिल्लो छ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको हो ।

यसअघि पनि सरकारले चार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो । पछिल्लो दुई वर्षको अवधिमा सरकारले दुईपटक गरेर छ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ । कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र तीन लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु १६ अर्ब ३४ करोड योगदान सङ्कलन भएको छ । कोषले विभिन्न सुविधा योजनाअन्तर्गत रु एक अर्ब १५ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ ।

जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधावापत रु १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षावापत रु एक करोड ५६ लाख, आश्रित परिवार सुरक्षावापत रु दुई करोड ७५ लाख र अवकाश दाबीवापत रु ९४ करोड ५६ लाख दाबी भुक्तानी गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -