Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:४२ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस गोरखाद्रारा सङ्कल्प पत्र सार्वजनिक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड

प्रकाशित मिति: २०७९ वैशाख २४, शनिबार

763
Shares

गोरखा, शनिबार, २४ वैशाख २०७९ । नेपाली कांग्रेस गोरखाले सङ्कल्प पत्र सार्वजनिक गरेको छ । शुक्रवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ‘नेपाली कांग्रेसको उपहार, भ्रष्टाचारमुक्त स्थानीय सरकार’, नारालाई जोड दिँदै १ शय १५ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरिएको छ ।

सभापति न्यौपाने पार्टीले स्थानीय तहको निर्वाचनमा बिजयी गरेको खण्डमा सार्वजनिक गरेको सङ्कल्प पत्र अनुसार काम गर्ने बताउनु भएको छ । सङ्कल्प पत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारका विषयलाई विशेष जोड दिएको उहाँले बताउनु भयो । पाँच वर्षको अवधिमा गर्न सकिने खालका काम मात्रै संकल्प पत्रमा समेटेको बताउँनु हुदै उहाँले सोही अनुसार स्थानीय तहमा बिजयी जनप्रतिनिधिले काम गर्ने दावी गर्नु भएको छ ।

सङ्कल्प पत्रमा उल्लेख भएअनुसार जनप्रतिनिधिले काम गरे नगरेको समीक्षासमेत गरिने कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताउनु भयो । पारदर्शिता र सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेकाले यो सबैले अनिवार्य गर्नुपर्ने उहाँको भनाई छ ।

सङ्कल्प पत्रमा निशुल्क उपचार, स्वास्थ्य बिमा प्रभावकारी बनाउने, अनिवार्य शिक्षा, प्रविधिमैत्री शिक्षा, विद्युत र इन्टरनेटको बिस्तार, छात्रामैत्री शौचालय निर्माण लगायतका विषय उल्लेख छन् । कृषि पशुपालन, ब्यवशायिक खेती, कृषि उपजको खरिद बिक्री केन्द्र, किसानलाई सहुलियतमा मल, उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्ने विषयलाई कांग्रेसले सङ्कल्प पत्रमा उल्लेख गरेको छ ।

पर्यटन सूचना केन्द्र संचालन, बूढीगण्डकी आयोजना क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, गोरखा, पालुङ्टार र मनकामनालाई पर्यटकीय नगरीको रुपमा विकास गर्ने, गोरखा सदरमुकामलाई ऐतिहासिक पर्यटकीय मूख्य गन्तब्य बनाउने योजना पनि पत्रमा रहेको जिल्ला सचिव थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -